मंगलबार, १७ कार्तिक २०८३
Test Ad 1
ताजा

थकाई विर्साउने बसन्तपुर

थकाई विर्साउने बसन्तपुर
Test Ad 2

भोला
    नेपालमा रमणीय पर्यटकीय स्थलहरूमध्ये पूर्वाञ्चल क्षेत्रमा पर्ने वसन्तपुर महत्वपूर्ण स्थल हो । पूर्वाञ्चलमा पदयात्राको आरम्भ र समाप्ति पनि बसन्तपुरबाट नै हुने गरेकोले यो सुरम्य पहाडी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि नौलो गन्तव्यस्थल हुन पुगेको छ । बसन्तुपुर समुद्र सतहबाट २ हजार ३ सय २३ मिटरको उचाइमा अवस्थित ते¥हुम जिल्लाको सदरमुकारम म्याग्लुङदेखि २५ किलोमिटर पूर्व,हिले बजारदेखि २२ किलोमिटर उत्रर र धनकुटादेखि ३५ किलोमिटर पूर्वमा पर्छ । बसन्तुपुर ते¥हथु, संखुवासभा र ताप्लेजुङको प्रवेश विन्दु हो । बसन्तपुर धनकुटा बजार र म्याग्लुङभन्दा केही बढी उचाइमा रहेकाले यहाँको हावापानी चिसो र आननददायक छ ।
    विविध प्राकृतिक सम्पदा एवं सस्कृतिले सजिएर आकर्षक बैसालु युवतीझैँ सुन्दर लाग्ने बसन्तुपुर मुख्यतः लिम्बु बाहुल्य क्षेत्रका रूपमा प्रसिद्ध छ । यद्यपि तामाङ्ग, गुरुङ्ग, मगर ब्राम्हण र क्षेत्रपनि यहाँका बासिन्दा हुन् । पहिलेदेखि नै ते¥हथुम, ताप्लेजुङ्ग, संखुवासभा र भोजपुरको व्यापारिक केन्द्र बसन्तुपुरमा केही मात्रामा मारवाडी, नेवार, थारुहरूको पनि बसोवास छ । बसन्तपुर र यसको आसपासको क्षेत्रमा पहाड, पर्वत, सुन्दर डाँडाकाँडा, तालतलैया, बनजंगल, खोला, झरना, हरिायाली, सूर्योदय र सूर्यास्स्तलगायत रोमाञ्च कारी दृशयहरूको अवलोकन गर्न सकिन्छ । यसका साथै विविध भूबनौट, भिरालो चट्टान र चट्ट मिलेका फाँटहरूले सजिएको बसन्तुपुर नजिकैको तीनजुरे डाँडा, विभिन्न ३२ किसिमका लाली गुराँसका बोटहरूले यो क्षेत्रलाई अझै समुन्नत पारेको छ । संसारमै बिरलै पाईने लालीगुरासँ यहाँ पाइन्छ ।
    बसन्तपुरमा जेठदेखि असोजसम्म करिब दुई हजाुर मिलिमिटर बर्षा हुन्छ । हिउँद महिनामा अधिकतम १० देखि २० र न्युनटम २–३ डिग्री सेन्टिग्रेड तापक्रम रहने हुनाले यहाँको मौसम बर्षभरि र आनन्ददायक हुन्छ । तर यहाँ घुम्नका लागि कार्तिक र मंसिर महिना उत्तम हुने कुरा स्थानीय बासिन्दाहर बताउँछन् । बसन्तुपुर धरान, धनकुटा र हिले मार्गले सहज बनाएको छ । सडक, विद्युत, टेलिफोन जस्ता अत्यावशयक भौतिक पूर्वाधार र सेवाहरू उपलब्ध भए पनि स्थानिय बासिन्दाले उपयोग गर्ने साना स्तरका चिया पसल र स–साना खाना होटलबाहेक स्तरीय होटलहरू छैनन् । यी सेवा–सुविधा उपलब्ध नभए पनि पर्यटकहरूको आगमन बढ्दै गएकाले यहाँ पुग्ने पर्यटहरू टेन्ट गाडेर वा पाल हालेर नै बस्ने गरेको देखिन्छ । बसन्तपुरबाट उत्तरमा हिमश्रृंखलाको सुन्दर दृश्य र दक्षिणमा हरिाया खुला फाँटहरूको विहंगम दृश्य हेर्न सकिने भएकाले अहिले आन्तरिक र वाह्य पर्यटकहरूको आगमन बढेदै गएको छ ।

Test Ad 2
तपाईंको प्रतिक्रिया
कुल 1 प्रतिक्रिया
टिप्पणीहरू
0

टिप्पणी गर्न कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी प्राप्त भएको छैन।